Like us!
Follow us!
Connect us!
Watch us!

आय विवरण समयमै दाखिला गर्न आन्तरिक राजस्व विभागको आग्रह

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, १३ : ५० मा प्रकाशित

आय विवरण समयमै दाखिला गर्न आन्तरिक राजस्व विभागको आग्रह

आन्तरिक राजस्व विभागले आय विवरण दाखिलासम्बन्धी अनुरोधात्मक सूचना जारी गरेको छ। पुस मसान्तमा प्रणालीमा अत्यधिक चाप पर्न सक्ने भएकाले आय विवरण दाखिला गर्न कठिनाइ हुन सक्ने भन्दै विभागले सो मितिअगावै विवरण दाखिला गर्न करदातालाई अनुरोध गरेको हो।

सूचनामा म्याद थप लिएका करदातालाई पनि थपिएको म्यादको अन्तिम दिनभित्रै आय विवरण दाखिला गर्न आग्रह गरिएको छ। तोकिएको समयसीमाभित्र विवरण दाखिला नगरेमा थप ब्याज तथा जरिवाना लाग्ने विभागले स्पष्ट पारेको छ।

विभागका अनुसार आय विवरण दाखिला गर्ने क्रममा कुनै समस्या आएमा मोबाइल नम्बर ९७६२११८२५८ तथा सम्पर्क नम्बर ०१–५७९०१७६ का एक्सटेन्सन नम्बरहरू २०७, २०८, २०९, २१०, २११, २१२, २१४, २१५, २१६, २२५ र २२६ मा सम्पर्क गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको