Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, १६ : २५ मा प्रकाशित

अपि पावरको साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित

अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २२ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको हो । 

सभाले आफ्ना सेयधरनीहरुलाई वितरण गर्नका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस लाभांश पारित गरेको छ । त्यस्तै बोनस वितरण पछि १ः०.३० का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त हकप्रदबाट संकलन भएको रकम दिव्यज्योति  हाइड्रोपावरको निर्माणाधीन ५० मेगावाटको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपुँजी लगानी गर्ने जनाएको छ । 

बोनस वितरण र हकप्रद जारी गरेपछि वृद्धि हुने पुँजी संरचना अनुसार प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ । त्यस्तै सञ्चालक समिति अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन माथि छलफल र पारित, लेखापरिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगदा प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरि स्वीकृति गरेको छ । सभाले आव २०८२/०८३ को लागि लेखापरिक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ । 

कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले कम्पनीले आगामी दिनमा पनि सेयरधनीहरुलाई उचित प्रतिफल दिलाउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गत साधारणसभामा गरेको प्रतिवद्धता पुरा गरेको भन्दै आगामी दिनमा पनि कम्पनीले लिएको लक्ष्य प्राप्तिका लागि काम गर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको