सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । मंगलबार कम्पनीको २९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग, कालीकास्थान, काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए ।
आ.ब. २०८१/०८२ मा कम्पनीले खुद ५०,०२,४८,५२३ मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आ.ब. २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बृद्धि हो । त्यसैगरी, गत वर्षको दाबी भुक्तानी २,८३,३२,९२,६१४ को तुलनामा यस आ.ब मा रु. ३,६२,५१,५५,२५५ को दाबी भुक्तानी गरेको छ । आउदो वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाउन चाहान्छौ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सभामा कतिपय सेयरधनीहरुले लिखित सुझाव तथा कतिपय शेयरधनी महानुभावहरु उपस्थिति भई आ–आफनो धारणाहरु राखेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस