Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाको अभिव्यक्तिपछि एमाले नेतृत्व आक्रामक: पोखरेलले ‘स्पार्टाकस’ किन भने?

अर्थ संसार

सोमबार, २८ पुस २०८२, १० : ३७ मा प्रकाशित

गगन थापाको अभिव्यक्तिपछि एमाले नेतृत्व आक्रामक: पोखरेलले ‘स्पार्टाकस’ किन भने?

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिपछि सत्तारुढ एमाले र प्रमुख विपक्षी कांग्रेसबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप तीव्र बनेको छ।

आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेप्रति लक्षित गर्दै कांग्रेस दास र लासहरूको पार्टी नभएको टिप्पणी गरेका थिए। उनले कांग्रेसलाई जीवित प्रश्न, विचार र बहसको पार्टीका रूपमा चित्रण गर्दै कांग्रेसभित्र आलोचना र असहमति जीवित रहेको दाबी गरेका थिए।

थापाको सो अभिव्यक्तिपछि एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाएका छन्। उनले लेखेको स्टाटसमा भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको र त्यसको प्रतिरोध गर्नु स्वाभिमान भएको उल्लेख गरेका छन्। देश, लोकतन्त्र र संविधान संकटमा परेको अवस्थामा उत्सव मनाउनु अनुचित भएको भन्दै उनले स्वतन्त्रता र स्वाधीनताको पक्षमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।

पोखरेलको स्टाटसलाई कांग्रेस महामन्त्री थापाको भनाइप्रति अप्रत्यक्ष जवाफका रूपमा हेरिएको छ। उनले स्वाभिमान र स्वतन्त्रताको पक्षमा उभिनेहरूलाई आधुनिक समयका स्पार्टाकसको संज्ञा दिँदै सत्ताविरुद्धको संघर्षलाई वैचारिक उचाइमा व्याख्या गरेका छन्।

एक पक्षले कांग्रेसलाई ‘ज्युँदो मानिसहरूको पार्टी’ भनेर परिभाषित गरिरहँदा अर्कोपक्षले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको बहसलाई केन्द्रमा राखेर प्रतिक्रिया दिएको देखिएको छ। यसले विशेष महाधिवेशनको राजनीतिक सन्देशलाई अझ तीव्र बनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको