मंगलबार सेयर परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५४.८६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज करिब ७ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस