काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ५ गते राजीनामा दिने भएका छन् । शाहले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट पदबाट राजीनामा दिने योजना बनाएका हुन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ। त्यसअघि नै पद त्यागेर उम्मेदवार बन्ने तयारीमा बालेन रहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनी प्रचारप्रसारमा होमिने तयारीमा जुटेका छन्।
रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ। यसबीच बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा–५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस