नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यसपटक संसदीय निर्वाचनमा फरक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने क्रममा पौडेललाई पाल्पा क्षेत्र नम्बर २ बाट अघि सार्ने निर्णय गरेको हो।
पार्टी स्रोतका अनुसार देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्ने क्रममा पौडेलको निर्वाचन क्षेत्र परिवर्तन गरिएको हो।
यसअघि पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट लगातार निर्वाचित हुँदै आएका थिए। चालु निर्वाचनका लागि पनि उनको नाम सोही क्षेत्रबाट एकल रूपमा सिफारिस भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस