Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको उम्मेदवार सूचीमा फेरबदल, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही छाडेर पाल्पा–२ बाट चुनाव लड्ने

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, ०८ : ४६ मा प्रकाशित

एमालेको उम्मेदवार सूचीमा फेरबदल, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही छाडेर पाल्पा–२ बाट चुनाव लड्ने

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यसपटक संसदीय निर्वाचनमा फरक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने क्रममा पौडेललाई पाल्पा क्षेत्र नम्बर २ बाट अघि सार्ने निर्णय गरेको हो।

पार्टी स्रोतका अनुसार देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्ने क्रममा पौडेलको निर्वाचन क्षेत्र परिवर्तन गरिएको हो। 

यसअघि पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट लगातार निर्वाचित हुँदै आएका थिए। चालु निर्वाचनका लागि पनि उनको नाम सोही क्षेत्रबाट एकल रूपमा सिफारिस भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको