Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरण अनुसन्धान : विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप

अर्थ संसार

सोमबार, १५ असार २०८३, १७ : ५१ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण अनुसन्धान : विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप अनुसन्धानका लागि विशेष अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले आज म्याद थपका लागि उनलाई विशेष अदालतमा पेस गरेको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएसँगै उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको