Like us!
Follow us!
Connect us!
Watch us!

प्रम ओलीसँग अमेरिकी राजदूतको भेट

शुक्रबार, १८ फागुन २०७४, २० : ५१ मा प्रकाशित

प्रम ओलीसँग अमेरिकी राजदूतको भेट

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी। टेप्लिजले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल शुरु गर्न आग्रह गर्नुभएको छ ।

राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको