Like us!
Follow us!
Connect us!
Watch us!

हर्क साम्पाङले गराए मनोनयन दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १३ : ३६ मा प्रकाशित

हर्क साम्पाङले गराए मनोनयन दर्ता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी १ बाट मनोनयन दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराएका हुन । उनीसँगै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म चार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। हालसम्म उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ तथा श्रम संस्कृती पार्टीबाट हर्कराज राई (हर्क साम्पाङ)रहेका छन्।

मनोनयन दर्ताको अन्तिम समयसम्म थप उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराउने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको