Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, ०८ : १६ मा प्रकाशित

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो । 

यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो । जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएकोमा मागभन्दा बढी मात्रामा आवेदन परेपछि योजनाको आकार २५ प्रतिशत वृद्धि गरी १२ करोड ५० लाख इकाई कायम गरी माघ ४ गते बाँडफाँड गरिएको हो ।

यसको योजना व्यवस्थापक÷धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको