Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ - प्रधानसेनापति

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १५ : ५४ मा प्रकाशित

राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ - प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा परिस्थिति बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालयको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले बहुपक्षीय संस्थाहरू कमजोर हुँदै जानु, स्वार्थमुखी गठबन्धनको प्रभाव बढ्नु, सूचना प्रविधिको व्यापक प्रयोग र दुरुपयोग, साथै साना राष्ट्रहरूको निर्णय क्षमता घट्नुले राष्ट्रिय सुरक्षामा थप चुनौती उत्पन्न गरेको बताए। प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाका विभिन्न आयाम, क्षेत्र र अभ्यासमा सरोकारवाला सबैबीच साझा सोच र धारणा हुनु आवश्यक रहेको पनि उल्लेख गरे।

उनले भने ,‘नेपालको भू–राजनीतिक अवस्था, तरल राजनीतिक परिवेश, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारीमा निर्भरता, घट्दो कृषि उत्पादन र बढ्दो आयातका कारण आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको