Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेनाले निर्वाचनमा देखाएको पेसागत दक्षताको सर्वत्र प्रशंसा भइरहेको छ - प्रधानसेनापति सिग्देल

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १६ : २३ मा प्रकाशित

नेपाली सेनाले निर्वाचनमा देखाएको पेसागत दक्षताको सर्वत्र प्रशंसा भइरहेको छ - प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना आफ्नो गौरवशाली इतिहास र परम्परालाई निरन्तरता दिँदै अघि बढिरहेको बताएका छन्। आइतबार बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान र भविष्यका चुनौती सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा सेनालाई अझ सुदृढ बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

उनले देशको सार्वभौमिकताको संरक्षणमा सेनाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना जस्ता कार्यमार्फत नेपाली सेना स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित भएको धारणा राखे। साथै, हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिकता र कार्यकुशलताको सर्वत्र प्रशंसा भइरहेको पनि उनले बताए।

उनले भने, ‘हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास साक्षी छ। सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको