अर्थ संसार, चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा आइतबार स्वच्छ महिनावारी अभियानअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो ।
किशोरावस्थामा प्रवेश गरेका कक्षा ६ देखि १० सम्ममा अध्ययनरत छात्रछात्रालाई छुट्टाछुट्टै समूह बनाएर चिकित्सकले स्वास्थ्यसम्बन्धी जानकारी गराएका हुन् ।
गान्धी इन्टरनेशनल मिशन नेपाल तथा स्वस्थ पाइला नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा किशोरावस्थामा प्रवेश गरेका छात्राले महिनावारी हँदा अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका बारेमा चिकित्सकले जानकारी गराउनु भएको थियो ।
त्यस्तै छात्रलाई पनि साबुनपानीले हात धुने बारेमा जानकारी गराइएको थियो । करीब ८० जना छात्रछात्राको सहभागिता रहेको कार्यक्रममा महिनावारी भएको समयमा प्रयोग गरिने सामग्रीसमेत वितरण गरिएको स्वस्थ पाइला नेपालका महासचिव सरोज ढुंगेलले जानकारी दिनुभयो ।
गान्धी इन्टरनेशनल मिशन नेपालका सल्लाहकार डा अंकिता अग्रवालको नेतृत्व रहेको कार्यक्रममा डा राहुल रौनियार, डा मनिषा चौहान, डा स्मृति भट्ट, डा ओमा सापकोटा, डा प्रजिता कुथु, डा प्रकाश पौडेल लगायतको सहभागिता थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस