सरकारलाई लामो समयदेखि बुझाउनुपर्ने रकम नबुझाएका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ। महालेखा नियन्त्रकको कार्यालय मातहत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले विभिन्न पेशा र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो। सार्वजनिक सूचीमा व्यवसायी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, कृषि पेशामा संलग्न व्यक्ति र सशस्त्र प्रहरीसमेत परेका छन्।
कार्यालयले सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना र बाँकी रकम खुलाउँदै ३५ दिनभित्र ब्याजसहित रकम चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र रकम नबुझाएमा उनीहरूको चल–अचल सम्पत्ति जफत गरी कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
केन्द्रीय तहसिल कार्यालयका अनुसार यसअघि पनि सरकारी रकम नबुझाएका व्यक्तिहरूको अभिलेख तयार गरी पटक–पटक सार्वजनिक सूचना जारी गरिएको थियो। साथै उनीहरूको घरठेगानामा पत्र पठाएर कार्यालयमा उपस्थित हुन आग्रहसमेत गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस