स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको खुलासा गर्दै यसलाई नियन्त्रण गर्न तत्काल कडा उपायहरू लागू गरिने बताएकी छन्।
आफ्नो तीन महिनाको कार्यकालको प्रगति सार्वजनिक गर्दै मन्त्री गौतमले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमा जथाभावी खर्च गर्ने नियतले अनावश्यक स्वास्थ्य परीक्षण तथा उपचार गराइएको पाइएको जानकारी दिइन्। साथै, केही सेवा प्रदायक संस्थाहरूले गलत उद्देश्यका साथ रकम असुल्ने गरेको समेत भेटिएको उनले बताइन्।
मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा कार्यक्रम हाल गम्भीर वित्तीय असन्तुलनको समस्याबाट गुज्रिरहेको छ। प्रिमियम संकलनभन्दा दाबी रकम बढी हुनु, समयमै भुक्तानी नहुनु, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएका व्यक्तिहरूको बढी सहभागिता (एडभर्स सेलेक्सन), कमजोर दाबी व्यवस्थापन प्रणाली, संगठित क्षेत्रको न्यून सहभागिता तथा बीमा बोर्डको आन्तरिक क्षमता अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस