स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले वीर अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको सेवाभन्दा कम नभएको बताएकी छन्।
सोमबार अस्पतालको अनुगमनका क्रममा उनले वीर अस्पतालको सेवा सबै अस्पतालको भन्दा कम नभएको औंल्याउँदै, सबैलाई निर्धक्क भएर सो सेवा लिन आह्वान गरेकी छन्। लामो समयको चिकित्सकीय अनुभवमा आधारित आफ्नो मूल्याङ्कनमा पनि मन्त्री गौतमले वीर अस्पतालको सेवा अन्य अस्पतालको तुलनामा कम नभएको दाबी गरेकी थिइन्।
‘मेरो यत्रो वर्षको मेडिकल ज्ञानको आधारमा म के भन्न चाहन्छु भने बाहिरको कुनै पनि निजीको सेवा भन्दा यहाँको सेवा कम छैन’ उनले भनिन्, ‘त्यसकारण निर्धक्क भएर हम्रो देशको निम्न वर्ग र निम्न मध्यम वर्गले यो सेवा लिनु भयो भने यहाँहरुको जीवन धेरै नै सहज हुनेछ ।’
मन्त्री गौतमले लामो समय सेवा दिएर वीर अस्पताल थकित वृद्ध रोगी जस्तो भएको अवस्थाबाट जेनजी पुस्ता जसरी जुर्मुराएर उठेर राम्रो सेवा दिएको आफूले पाएको समेत सुनाइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस