Like us!
Follow us!
Connect us!
Watch us!

'स्वास्थ्य बीमामा स्रोत सुनिश्चितता नगरी खर्च गर्दा २४ अर्ब रुपैयाँको दायित्व सिर्जना भयो '

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १३ : ३९ मा प्रकाशित

'स्वास्थ्य बीमामा स्रोत सुनिश्चितता नगरी खर्च गर्दा २४ अर्ब रुपैयाँको दायित्व सिर्जना भयो '

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी तथा अर्थ मन्त्रालयको स्वीकृतिविना गरिएको खर्चका कारण स्वास्थ्य बीमा बोर्डले राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि विनियोजित १० अर्ब रुपैयाँ बजेट पूर्ण रूपमा खर्च भइसकेको जानकारी दिइन्। उनले बीमा बोर्डको अनियन्त्रित खर्च व्यवस्थापनका कारण हाल वार्षिक करिब २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

मन्त्री गौतमले भनेकी छन्, 'बीमाको पैसा मन्त्रालयले दिएको छैन भनेर समस्या देखाउनुभयो। तर मैले थाहा पाएँ, चालु आर्थिक वर्षका लागि नेपाल सरकारले १० अर्ब रुपैयाँ छुट्याएको रहेछ। कार्यक्रम सञ्चालन वार्षिक बजेटको परिधिभित्र हुनुपर्छ। बजेटभन्दा बाहिर जानुपरेको खण्डमा मात्र अर्थ मन्त्रालयको सहमति लिनुपर्छ। तर बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा दायित्व यति बढेको छ कि अहिले वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व बनेको छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको