Like us!
Follow us!
Connect us!
Watch us!

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

अर्थ संसार

सोमबार, १२ माघ २०८२, १० : ४६ मा प्रकाशित

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आज ३ः३० बजे आईपीओ बाँडफाँड गर्ने भएको हो ।

कम्पनीको आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जना आवेदकबाट ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि आवेदन परेको छ। यसअनुसार कुल ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको माग परेको हो। जुन निष्कासन गरिएको सेयरभन्दा ३.८६ गुणा बढी हो। आईपीओ बाँडफाँडपछि करिब ८ लाख २० हजार आवेदकले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। यसमा आयोजना प्रभावितलाई १ करोड र वैदेशिक रोजगारीमा रहेका १० लाख कित्ता छुट्याइएको थियो। बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको