नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
योसँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ३ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,आज चाँदीको मूल्य पनि २८५ रुपैयाँले बढेर तोलामा ६ हजार ७६५ रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस