Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोला कम्पनीको ५ लाख कित्ता सेयर बेच्ने

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, ०८ : ४४ मा प्रकाशित

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोला कम्पनीको ५ लाख कित्ता सेयर बेच्ने

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणालीमार्फत कारोबार गरिने उल्लेख गरिएको छ।

कम्पनी व्यवस्थापनका अनुसार तत्काल वित्तीय आवश्यकताका कारण उक्त लगानीको अंश घटाउने निर्णय लिइएको हो। स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीको नगद प्रवाह सुदृढ बनाउन प्रयोग गरिने जनाइएको छ।

सेयर कारोबारको प्रक्रिया अघि बढाउँदा बजारको चाल, मूल्य अवस्था तथा समग्र लगानी वातावरणलाई ध्यानमा राखिने कम्पनीले स्पष्ट पारेको छ। आवश्यक औचित्य र परिस्थितिका आधारमा बिक्री चरणबद्ध रूपमा अघि बढाइने पनि सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको