Like us!
Follow us!
Connect us!
Watch us!

दोश्रो बजारमा पिपुल्स हाइड्रो र इष्टर्न हाइड्रोको कारोबार सुरू, कुनको कतिमा भयो ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ११ : १० मा प्रकाशित

दोश्रो बजारमा पिपुल्स हाइड्रो र इष्टर्न हाइड्रोको कारोबार सुरू, कुनको कतिमा भयो ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा आज (मंसिर २८ गते, बुधबार) इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड (EHPL) र पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड (PHCL​) को पहिलाे काराेबार भएकाे छ ।

स्पेशल प्रि ओपन सेसनमा पिपुल्स हाइड्राेपावरकाे पहिलाे काराेबार प्रतिकित्ता ३०० रुपैयाँमा भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेकाे थियाे ।

त्यस्तै, स्पेशल प्रि ओपन सेसनमा इष्टर्न हाइड्राेपावरकाे पहिलाे काराेबार प्रतिकित्ता २१६ रुपैयाँमा भएकाे छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय १६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे थियाे ।

हिजाे मंगलबार इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड (EHPL) को ६२ लाख कित्ता र पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड (PHCL​) को ३ कराेड २० लाख कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको