नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६३ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ भने साँवा तथा ब्याजको भुक्तानी २०८२ चैत १८ गते गरिनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेप संकलन बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा बहुबोलकबोल गर्न समेत सकिने व्यवस्था गरिएको छ। बोलपत्र बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्तावलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकम नपुग्दासम्म क्रमशः बाँडफाँड गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस