Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले कमायो करिब ५ अर्ब नाफा, वितरणयोग्य नाफा ३ अर्ब बढी

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १० : २६ मा प्रकाशित

नबिल बैंकले कमायो करिब ५ अर्ब नाफा, वितरणयोग्य नाफा ३ अर्ब बढी

नबिल बैंक लिमिटेडको नाफा करिब ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बैंकले ४ अर्ब ७५ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४६.७१ प्रतिशत बढेको हो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २६.९५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको