कुमारी बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको परिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा ८८७ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आवको पुस मसान्तसम्म २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म ८८७.९४ प्रतिशतको उछाल सहित २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा देखिएको छ । बैंकले गत आवको पुस मसान्तसम्म ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब २७ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ९२ लाख पुग्दा कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ३६ लाख रुपैयाँबाट बढेर ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
आम्दानीमा उल्लेख्य वृद्धि आएसँगै बैंकको सञ्चालन नाफामा पनि उछाल आएको छ । गत आवको पुस मसान्तसम्म ७२ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवमा ५०५.१५ प्रतिशतको वृद्धि सहित ४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.१० रुपैयाँबाट ह्वात्तै बढेर २०.७४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ६.९६ प्रतिशतबाट सामान्य घटेर ६.९२ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५१.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.६३ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकले २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस