नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।
टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन गरिनेछ ।
इच्छुक तथा योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद आउँदो फागुन ७ गतेसम्म तोकिएको छ । सो म्यादभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस