Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीको घम्साघम्सी, ३ जना पक्राउ

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १६ : ५७ मा प्रकाशित

दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीको घम्साघम्सी, ३ जना पक्राउ

आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका टोलीसँग प्रहरीको लफडा परेको छ । भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशाासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा प्रसाईं समूहसँग लफडा भएको हो ।

चितवन प्रहरीका अनुसार प्रसाईं समूहलाई चौबीकोठीसम्म र्यालीको लागि अनुमति दिइएको थियो । तर, बाटो नै बन्द गरेर सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५–७ सय को हाराहारीमा रहेका दुर्गा प्रसाईं समूहले बाटो नै रोकेपछि तितरबितर पारिएको हो । उनले तीन जनालाई नियन्त्रणमा लिइएको समेत प्रहरीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको