Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँमा

अर्थ संसार

मंगलबार, २० माघ २०८२, ११ : १० मा प्रकाशित

सिटिजन्स बैंकको संस्थाप सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि आह्वान गरिसकिएकाले अब भने संस्थापक र सर्वसाधारण लगायत सबैले खरीद गर्न पाउने बैंकले जनाएको छ । अतः यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नारायणहिटीपथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको