भावि प्रधानमन्त्री तथा झापा–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन् । उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर सामाजिक सञ्जालमा राख्दै मरुदण्ड रहेकाे उल्लेख गरेका हुन् ।
उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्नुपर्ने बताएछन् । उनले लेखेका छन्, ‘उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्न पर्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस