Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुर सिमेन्ट उद्योगप्रित बालेनकाे दृष्टिकोण - देशको मेरुदण्ड हाे, राज्यले संरक्षण गर्नुपर्छ

अर्थ संसार

विहीबार, २२ माघ २०८२, १४ : ०६ मा प्रकाशित

उदयपुर सिमेन्ट उद्योगप्रित बालेनकाे दृष्टिकोण - देशको मेरुदण्ड हाे, राज्यले संरक्षण गर्नुपर्छ

भावि प्रधानमन्त्री तथा झापा–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुर सिमेन्टलाई देशको मेरुदण्ड भएको बताएका छन् । उनले उदयपुर सिमेन्टको गेट देखिने गरी आफ्नो तस्बिर सामाजिक सञ्जालमा राख्दै मरुदण्ड रहेकाे उल्लेख गरेका हुन् । 

उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्नुपर्ने बताएछन् । उनले लेखेका छन्, ‘उद्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबद्र्धन गर्न पर्छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको