नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमतिको पर्खाइमा रहेका कम्पनीहरुको संख्या ८७ रहेको छ । पछिल्लो समय लगातार रुपमा बोर्डले आईपीओको अनुमति दिइरहेको छ । तर अझै पनि पाइपलाइनमा ८७ कम्पनीको ४१ करोड ११ लाख २० हजार कित्ता सेयर स्वीकृतिको प्रतिक्षामा रहेको हो ।
सेवोनको आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको आधा खर्ब भन्दा बढी ५९ अर्ब १० करोड २९ लाख ४ हजार ३६१ रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ ।
आईपीओको पाइपलाईमा सबैभन्दा धेरै हाइड्रो पावर कम्पनी रहेका छन् । यस क्षेत्रको ३४ कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् । ३४ हाइड्रो पावर कम्पनीले १६ करोड १ लाख ७१ हजार ९०४ कित्ता सेयर निष्कासन गर्नको लागि सेबोनसंग अनुमति मागेका छन् । हाइड्रो पावर कम्पनीले १६ अर्ब ४२ करोड ४४ लाख ५५ हजार २३६ रुपैयाँ बराबरको सेयर ल्याउने तयारी गरेका हुन् ।
हाइड्रो पावर कम्पनी पछि सबैभन्दा धेरै आईपीओको पाईपलाईनमा भएका कम्पनीहरू उत्पादन तथा प्रशोधन कम्पनीहरू रहेका छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका २५ कम्पनीले आईपीओ ल्याउनको लागि सेबोनमा आवेदन दिएका छन् । यस क्षेत्रका २५ कम्पनीले १५ करोड ४१ लाख ६८ हजार ५२२ कित्ता सेयर निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएका छन् । यस क्षेत्रका यी कम्पनीले ३१ अर्ब २७ करोड ३७ लाख ९१ हजार ७२५ रुपैयाँ बराबरको सेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।
यसैगरी, होटल तथा पर्यटन क्षेत्रका १० कम्पनी पनि आईपीओ निष्कासको लागि सेबोनको अनुमतिको पखाईमा रहेका छन् । होटल तथा पर्यटन क्षेत्रका १० कम्पनीले ३ करोड ९३ हजार १३० कित्ता सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । होटल तथा पर्यटन क्षेत्रको ३ अर्ब ९३ लाख १३ हजार रुपैयाँ बराबरको आईपीओ सेबोनको अनुमतिको पर्खाइमा रहेको छ । यसैगरी, लगानी क्षेत्रका ४ कम्पनीले पनि आईपीओ निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । लगानी क्षेत्रका चार कम्पनीले १ करोड ८६ लाख ५० हजार ३७४ कित्ता सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेका हुन । लगानी क्षेत्रका यी कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेका हुन ।
यसैगरी, अन्य क्षेत्रका ११ कम्पनीले आईपीओ निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । अन्य क्षेत्र तर्फको ४ करोड ११ लाख ८६ हजार ६९ कित्ता बराबरको आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएका छन् । सेबोनमा अन्य क्षेत्रको ४ अर्ब ५७ करोड ९३ लाख ६ हजार ९०० रुपैयाँ बराबरको आईपीओ पाइपलाईनमा रहेको छ ।
यसैगरी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी पनि आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका छन् । यस क्षेत्रका ३ कम्पनीले ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । सेबोनमा यस क्षेत्रको ६७ करोड ५० रुपैयाँ बराबरको आईपीओ पाईपलाईनमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस