चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा कुल २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ५.०१ प्रतिशत बढी हो।
समीक्षा अवधिमा २० वटा बैंकमध्ये १५ बैंकको कर्जा बढेको छ भने ५ बैंकको घटेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हो। यसले चालु वर्ष मंसिरसम्म २२ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ कर्जा दिएको छ। जुन अघिल्लो वर्षको तुलनामा ३.९३ प्रतिशत कम हो।
दोस्रो स्थानमा रहेको प्रभु बैंकले २२ अर्ब ४४ करोड ८१ लाख रुपैयाँ कर्जा दिएको छ। अघिल्लो वर्षको तुलनामा यसको कर्जा ७.५६ प्रतिशत बढेको छ। तेस्रोमा रहेको प्राइम कमर्सियल बैंकले २१ अर्ब २२ करोड ६४ लाख रुपैयाँ कर्जा दिएको छ। यो अघिल्लो वर्षको तुलनामा १४.०८ प्रतिशत वृद्धि हो। कम कर्जा प्रवाह गर्ने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंक रहेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८० करोड ३९ लाख मात्र कर्जा दिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३५.३१ प्रतिशत कम हो। एनआईसी एशिया बैंकको कर्जा लगानी ५४.५३ प्रतिशत घटेर २ अर्ब ६२ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।
कुन बैंकको लगानी कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस