Like us!
Follow us!
Connect us!
Watch us!

एपोलो हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १७ : १४ मा प्रकाशित

एपोलो हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो ।


बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको