साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १.०१ प्रतिशतको वृद्धि भएको छ । आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । त्यस्तै आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंकले बढेर ४६०.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर १ लाख ८ हजार ८१७ पटक खरिद बिक्री हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस