भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आईपीओ बाँडफाँड अर्को साता गर्ने तयारी गरी रहेको हो ।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा २६ लाख ६५ हजार १ सय ७४ जनाले ३ करोड ७ लाख ८४ हजार ८२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आईपीओ ८३ हजारले मात्रै १०÷१० कित्ताका दरले पाउनेछन् । जसमा साढे २४ लाखभन्दा बढीको हात रित्तो हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस