Like us!
Follow us!
Connect us!
Watch us!

मनोनयन दर्ताका लागि १२ बजे राष्ट्रपति बानेश्वर जाने

बुधबार, २३ फागुन २०७४, ११ : ३५ मा प्रकाशित

मनोनयन दर्ताका लागि १२ बजे राष्ट्रपति बानेश्वर जाने

अर्थ संसार, काठमाडौँ – भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले मध्याह्न १२ बजे राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि नयाँ बानेश्वर जानुहुनेछ ।

सत्तारुढ नेकपा (एमाले) को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । उहाँलाई वाम गठबन्धन समर्थन छ ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने राष्ट्रपतिमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको