मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध साइबर ब्युरोमा उजुरी रहेको प्रहरी स्रोतले बतायो ।
२ साताअघि मात्र हाजिरी जमानीमा छुटेका प्रसाईँलाई प्रहरीले आज पुनः पक्राउ गरेको हो । यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेलको भ्रम फैलाएपछि उनी पक्राउ परेका थिए । प्रसाईँमाथि कारबाही गर्न आयोगले साइबर ब्युरोमा पत्रचार नै गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस