Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिमा विद्यादेवी भण्डारी र लक्ष्मी राई बिच प्रतिस्पर्धा, कसले बाजि मार्ला ?

बुधबार, २३ फागुन २०७४, १२ : १३ मा प्रकाशित

राष्ट्रपतिमा विद्यादेवी भण्डारी र लक्ष्मी राई बिच प्रतिस्पर्धा, कसले बाजि मार्ला ?

अर्थ संसार, काठमाडौं– राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्ययादेवी भण्डारी र लक्ष्मी राई बिच प्रतिस्पर्धा हुने भएको छ ।

  सत्तारुढ नेकपा एमालेले  वर्तमान राष्ट्रपति विद्ययादेवीलाई पुनः राष्ट्रपतिका लागि उम्मेदवारी दिने निर्णय मंगलबार गरिसकेको छ ।

त्यसै  गरी काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । सो निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको