Like us!
Follow us!
Connect us!
Watch us!

रुपन्देही–३ का प्रलोपाका उम्मेदवार पार्टीबाट निष्कासन

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १७ : ०४ मा प्रकाशित

रुपन्देही–३ का प्रलोपाका उम्मेदवार पार्टीबाट निष्कासन

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । 

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् । उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निश्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा के गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए । ‘यस्ता क्रियाकलापले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको हो,’ जिल्ला इन्चार्ज पंकज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 

6985cf290d5b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको