Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको मनोनय पछि विद्या भण्डारीले दिइन् काँग्रेसलाई मन नपर्ने प्रतिक्रिया

बुधबार, २३ फागुन २०७४, १३ : १७ मा प्रकाशित

राष्ट्रपतिको मनोनय पछि विद्या भण्डारीले दिइन् काँग्रेसलाई मन नपर्ने प्रतिक्रिया


अर्थ संसार,  काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसलार्ई आफूले गरेको कामको बाहिरी आँखाले नभई भित्री आँखाले हेर्न आग्रह गरेकी छिन् ।

राष्ट्रपति पदका लागि उममेदवारी मनोनय दर्ता पछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफूले सधै संविधान भित्रै रहेर काम गरेको बताइन् ।

काँग्रेसले पछिल्लो पटक राष्ट्रपतिको भूमिका पारदर्शी नभएको र अमूक पार्टीको  निर्देशनमा काम गरेको आरोप लगाएको थियो ।

पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि गरेको तीन जनाको मनोनयन अस्वीकार गरिदिएपछि काँग्रेसले आपत्ति जनाउँदै आएको थियो ।

काँग्रेसले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै आलोचना मात्रै गरेन । तरुण दल र नेपाल विद्यार्थी संघलाई आन्दोलनमा उतारेर चर्को विरोध समेत गर्यो ।

काँग्रेसले लगाएको आरोप बारे प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले भनिन् ‘ बाहिरी आँखाले हरेर केही देखिदैन, भित्री आँखाले हेर्दा धेरै चिज देखिन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको