अर्थ संसार, काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनताको नाममा गलत धन्दा गर्ने जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याएरै छाडिने दृढता व्यक्त गरेका छन् ।
देश र जनतालाई हित नगर्ने, व्यापारको नाममा कमिसन र नाफाको मात्रै खोजी गर्ने व्यपारी तथा व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने उनको प्रतिवद्धता थियो ।
व्यापारी भएपछि कर छल्नै खोजिहाल्ने प्रवृत्तिको आफूलाई सह्य नभएको उनको भनाइ थियो । अहिले त्यस्तो अपराध गर्ने छुट नदिइने उनले बताए ।
कर तिरेर राज्यलाई बलियो बनाउन लाग्नुहोला अन्यथा राज्य राज्य जस्तो बन्यो भने त्यतिबेला गलत धन्दा बन्द समेत हुन सक्छ ।
पछिल्लो पटक नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका पदाधिकारीसँगको भेटमा मन्त्री यादवले नेपाल आयल निगममा चलखेल हुने बारे जानकार रहेको बताउँदै कसैले नाजायज काम गरेमा कर्मचारी मात्रै नभएर व्यापारीलाई समेत कारवाही गर्ने चेतावनी दिए ।
मन्त्री यादवले भने ‘मलाई आयल निगममा चलखेल हुन्छ भन्ने थाहा छ ।कसैले मेरो नाममा पैसा उठाएको छ भने त्यो कर्मचारी र व्यापारी दुबैलाई म छाडदिन’
यादव मन्त्री भएपछि भेट्न पुगेका सबै उद्योगी व्यापारीलाई इमान्दार भएर काम गर्न आग्रह गर्दै आएका छन् ।
उनले मन्त्रीको पदभार ग्रहण गर्दा समेत कर्मचारीलाई कुनै सम्झौंता नगर्न निर्देशन दिएका थिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस