Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा अधिक तरलता - ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २५ माघ २०८२, ११ : २० मा प्रकाशित

बैंकिङ प्रणालीमा अधिक तरलता - ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थापनका लागी आज ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ४२ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ४२ दिने निक्षेप संकलन उपकरणको आउँदो चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको