पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनमा सामान्य गिरावट देखिए पनि कर्जा प्रवाह भने बढेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको माघ १९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा कुल ७६ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। अघिल्लो दिनसम्म बैंकिङ प्रणालीमा ७६ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन १ अर्ब रुपैयाँले घटेको देखिएको छ। माघ १८ गतेसम्म ५९ खर्ब ३६ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप माघ १९ गते ५९ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कर्जा प्रवाहमा भने वृद्धि देखिएको छ। माघ १८ गतेसम्म ५७ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ १९ गते ५७ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले बढेको छ।
अघिल्लो दिनसम्म ५१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ १९ गते ५१ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार सो अवधिमा सिडी रेसियो ७४.३७ प्रतिशत र अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस