अर्थ संसार
काठमाडौं–सस्तोमा नेपाली जुत्ता किन्न चाहनु हुन्छ ? राजधानीको भृकुटी मण्डपमा पाँचौ बम्पर जुत्ता चप्पल सेल मेला भइरहेको छ । स्वदेशी उत्पादनको प्रयोग गरौं, आत्मनिर्भरको बाटोमा कदम बढाऔं’ भन्ने नाराका साथ यस्तो मेला पाँच वर्षदेखि यस्तो मेला हुँदै आएको छ ।
मेलामा १ सय रुपैयाँदेखि ५ हजार रुपैयासम्मका जुत्ता चप्पलहरु उपलब्ध छन् । मेलामा उपभोक्ताले हरेक खरिदमा १५ प्रतिशतदेखी ७० प्रतिशतसम्म छुट पाउने आयोजकले दावी गरेका छन् ।
मेलामा स्वदेशी जुत्ता चप्पल उत्पादन गर्ने रन सुज, स्काइ सुज, कदम सुज, पिजी सुज, सिटिजन्स फुटवेयर, पारागन फुटवेयर, स्मार्ट सुज, सम्राट सुज, हाइलाइफलगायत नेपालका चर्चित ब्राण्ड सहभागी रहेको विज्ञप्तिमा छ ।
चाबहिलमा रहेको सुज प्यालेसमा उपलब्ध सबै जुत्ताका ब्रान्डलाई हरेक बर्ष हुने मेलामा सहभागि गराउने लक्ष राखिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । ‘मेलामा सर्बसाधारणको सहभागिताले हामी उत्साहित छौं’ उनले भने । मेला पुस ४ सम्म चल्ने छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस