Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : साढे २ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार साढे १६ अर्ब

अर्थ संसार

शनिबार, १४ चैत्र २०८२, ०८ : ०७ मा प्रकाशित

साताको सेयर : साढे २ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार साढे १६ अर्ब

यस साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको छ । गत साता २८७७.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.५४ प्रतिशत अर्थात ७३.१३ अंक बढेर २९५०.१६ विन्दुमा बन्द भएको हो । 

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१५ अंक बढेको छ । नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १४ अर्ब ८९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १६ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १०.७८ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ०.५३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.३० प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३३ अर्ब रुपैयाँ बढेर ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। गत साता ३८१६.५८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३८.५२ अंक बढेर ४१५५.१० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक बढेको हो। गत साता ९८८७.९४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६३९.९६ अंक बढेर १० हजार ५२७.९० विन्दुमा पुगेको छ ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ । गत साता १३ हजार ६४३.०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.७८ अंक अर्थात ०.३१ प्रतिशत घटेर १३ हजार ६००.३० विन्दुमा झरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको