Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बालेनको ‘जय महाकाली’ गीत सार्वजनिक, युट्युबमा केही मिनेटमै दर्शकको बाढी

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १९ : ४६ मा प्रकाशित

प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा बालेनको ‘जय महाकाली’ गीत सार्वजनिक, युट्युबमा केही मिनेटमै दर्शकको बाढी

बालेन्द्र शाह (बालेन) ले आफ्नो नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। प्रधानमन्त्री नियुक्त हुने पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो गीतले राजनीतिक तथा सांस्कृतिक दुबै क्षेत्रमा एकैपटक तरंग सिर्जना गरेको छ।

उनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले केही मिनेटभित्रै उल्लेखनीय भ्यूज बटुल्न थालेको छ। दर्शकको आकर्षण यस्तो देखिएको छ कि भ्यूजको गति समुद्री छालजस्तै तीव्र रूपमा बढिरहेको छ।

गीतमा र्‍याप, शब्द र कम्पोज बालेन स्वयंले गरेका छन् भने स्वरमा उनीसँग Swapnil Sharma को सहकार्य रहेको छ। बाँसुरीमा किरण बराल, संगीत उत्पादन Foseal/Cronic Beatz, मिक्स–मास्टर Foseal र भिडियो सम्पादन बिक्षेश मगरले गरेका हुन्। रेकर्डिङ ‘Nepsek’ मार्फत गरिएको हो।

राजनीतिक पाटोमा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेनलाई प्रतिनिधिसभा संसदीय दलको नेता चयन गरिसकेको छ। सभापति रवि लामिछाने द्वारा प्रस्तुत प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।

रास्वपाले यसअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो र उनी झापा–५ बाट निर्वाचित भएका हुन्। अब उनी नेपालका नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुने तयारीमा छन्।

यसैबीच, बालेनको सपथग्रहण समारोह शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने तय गरिएको छ। स्रोतका अनुसार उक्त अवसरलाई विशेष बनाउँदै १०८ जना बटुकबाट स्वस्तिवाचन, १०७ बौद्ध लामाहरूबाट मंगलवाचन तथा ७ जना ब्राह्मणद्वारा शंखनाद गर्ने कार्यक्रम तय गरिएको छ।

राजनीतिक उचाइतर्फ उकालो लागिरहेका बालेनले यस्तो समयमा ‘जय महाकाली’ जस्तो शक्तिशाली भाव बोकेको गीत सार्वजनिक गर्नुले सांस्कृतिक सन्देशसँगै राजनीतिक संकेत पनि दिएको विश्लेषण गर्न थालिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको