Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले खोल्यो मार्जिन कारोबार सुविधाको बाटो, के-के छन् व्यवस्था ?

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १६ : ४७ मा प्रकाशित

नेप्सेले खोल्यो मार्जिन कारोबार सुविधाको बाटो, के-के छन् व्यवस्था ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया पारित गरेको छ। यसअघि नेपाल धितोपत्र बोर्ड ले माघ २७ गते नै मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी गरेको थियो।निर्देशिकामा मार्जिन कारोबार सुविधा फागुन २१ गतेबाट लागू भनिएको छ। तर, नेप्से माजिक कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया आज जारी गरेको हो। अब यो सुविधा लागू हुनेछ। 

कार्यप्रक्रियाअनुसार कम्तीमा २५ लाख कित्ता सेयर सूचीकृत भएका, नेटवर्थ चुक्तापुँजी बराबर वा सोभन्दा बढी भएका तथा पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफा कमाएका कम्पनीहरू मात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन्। साथै, आईपीओ निष्कासन भएको कम्तीमा दुई वर्ष पूरा भएका कम्पनीहरू पनि यसमा समावेश हुनेछन्।

यस्तै, कम्तीमा २० करोड रुपैयाँ चुक्तापुँजी भएका धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने व्यवस्था गरिएको छ। ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन् भने एउटै ग्राहकलाई कुल मार्जिन सुविधाको अधिकतम १० प्रतिशतसम्म मात्र दिन पाइनेछ।

लगानीकर्ताले मार्जिन कारोबारका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। यदि लगानीकर्ताले लिएको रकम वा दायित्व पूरा नगरेमा ब्रोकरले सम्बन्धित शेयर बिक्री गरेर राफसाफ गर्न सक्नेछ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको