Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल बैंकिङका लागि अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न राष्ट्र बैंकको सुझाव

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १० : २० मा प्रकाशित

डिजिटल बैंकिङका लागि अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबारमा अनसेक्योर्ड नेटवर्क प्रयोग नगर्न सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज वित्तीय सचेतनासम्बन्धी सूचना जारी गर्दै सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्कमार्फत डिजिटल बैंकिङ गर्दा व्यक्तिगत बैंकिङ विवरणमा अनधिकृत पहुँच पुग्ने जोखिम रहने जनाएको छ। त्यसैले सुरक्षित नेटवर्क प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

त्यस्ता नेटवर्कमा विभिन्न ह्याकर तथा वित्तीय अपराधीहरू समेत संलग्न हुन सक्ने भएकाले व्यक्तिका महत्वपूर्ण वित्तीय विवरणमा अनधिकृत पहुँच पुगेर त्यसको दुरुपयोग हुन सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ। ‘तसर्थ आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

यसका साथै अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय–समयमा परिवर्तन गर्नुपर्ने सुझाव राष्ट्र बैंकले दिएको छ। ‘त्यसैले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहौँ’, राष्ट्र बैंकले भनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको