Like us!
Follow us!
Connect us!
Watch us!

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, नदिमा खोजी जारी

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १४ : ३५ मा प्रकाशित

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, नदिमा खोजी जारी

रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको रामेछाप प्रहरीले जनाएको छ । 

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको जनाइएको छ । प्रहरीका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।

उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको