Like us!
Follow us!
Connect us!
Watch us!

३६ प्रतिशतले बढ्यो अपि पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २८ माघ २०८२, ११ : ०३ मा प्रकाशित

३६ प्रतिशतले बढ्यो अपि पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?

अपि पावर कम्पनी लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३६.७५ प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.७९ प्रतिशत बढेको छ भने कुल नाफा १८.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३६.३१ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको